आइएमई फाउन्डेसनद्वारा तुलसादेवी हरीहर फाउन्डेसनलाई रु. ५०,०००/- को चेक हस्तान्तरण

बालबालिका, मानसिक रोगी, वृद्धबृद्वा तथा सडकमा अलपत्र परेका मानिसहरूको उद्वार, उपचार र पुनः स्थापनाका लागि कार्य गर्दै आइरहेको परोपकारी संस्था तुलसादेवी हरीहर फाउन्डेसनलाई संस्था गत सामाजिक उत्तरदायित्व अन्तर्गत आइएमई फाउन्डेसनले रू. ५०,०००/- (अक्षेरूपी पचास हजार मात्र) बुधबार पानीपोखरीस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा हस्तान्तरण गरेको छ ।