बालबालिका, मानसिक रोगी, वृद्धबृद्वा तथा सडकमा अलपत्र परेका मानिसहरूको उद्वार, उपचार र पुनः स्थापनाका लागि कार्य गर्दै आइरहेको परोपकारी संस्था तुलसादेवी हरीहर फाउन्डेसनलाई संस्था गत सामाजिक उत्तरदायित्व अन्तर्गत आइएमई फाउन्डेसनले रू. ५०,०००/- (अक्षेरूपी पचास हजार मात्र) बुधबार पानीपोखरीस्थित आइएमई फाउन्डेसनको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा हस्तान्तरण गरेको छ ।
Author: imefoundation
IME Foundation donates 10 Lakh for Chhirin Puchhar Trail Bridge at Dhangadi
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आइएमई फाउन्डेसनले धादिङ स्थित निलकण्ठ नगरपालिका वडा नम्बर १० र २ जोड्ने थोपल खोलामा निर्माणाधीन झोलुङ्गे पुलको सहयोगार्थ रू. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण
काठमाडौं, असार १३ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ ।
आइएमई फाउन्डेसनद्वारा तीन करोड बराबरको स्वास्थ्य उपकरण सहयोग
काठमाडौं, जेठ १८ । आइएमई फाउन्डेसनले कोभिड–१९ को रोकथाम तथा उपचारकालागि करिब तीन करोड रुपैयाँ मूल्य बराबरको स्वास्थ्य उपकरण नेपाल सरकारलाई प्रदान गरेको छ ।