आइएमई फाउन्डेसनद्वारा हावाहुरी प्रभावितहरुलाई राहत वितरण

आइएमई फाउन्डेसनद्वारा हावाहुरी प्रभावितहरुलाई राहत वितरण

चैत १९ , काठमाडौं । विक्रम सम्वत् २०७५ साल चैत १७ गते आइतवार मध्य तराईका जिल्लाहरु बारा र पर्सामा आएको भीषण हावाहुरीबाट प्रभावित स्थानका एक सय घरधुरीहरूमा आइएमई फाउन्डेसनले दैनिक अत्यावश्यक समाग्रीहरु सहितका राहात प्याकेज वितरण गरेको छ ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कूल छ लाख चौध हजार (रु. ६,१४,०००÷–) रकम बराबरको राहत समाग्रीहरु वितरण गरिएको हो । हावाहुरीको क्षति विवरण सार्वजनिक हुनासाथ आइएमईका बरिष्ठ अधिकृत एवम् प्रदेश नम्बर तीनका प्रमुख सुरज पौडेलको नेतृत्वमा खटिएको टोलीले उक्त समाग्रीहरु वितरण गरेको हो । आइएमईका व्यवसायीक साझेदारहरू लगायत आइएमई ग्रुप अन्तर्गतका विभिन्न कम्पनीहरुमा कार्यरत बरिष्ठ अधिकृतहरूको समुहले स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा उक्त समाग्रीहरु हावाहुरीबाट अत्यन्त प्रभावित स्थानहरुमा वितरण गरेको थियो ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Sign up for more updates